८ सदस्यीय मन्त्रिमण्डल बन्यो
काठमाडौं– केपी ओलीको नेतृत्वमा सोमाबार ८ सदस्यीय मन्त्रीमण्डल बनेको छ । मन्त्रीमण्डलमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार गरि दुई उपप्रधानमन्त्री रहेका छन् । उपप्रधानमन्त्रीसहित थापाले परराष्ट्र र गच्छदारले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यस्तै ओली मन्त्रिमण्डलमा अग्नि खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, हरिबाल गजुरेल र रामकुमार सुब्बा रहेका छन् ।
खरेल, पाण्डे र मण्डल एमालेबाट मन्त्री बनेका हुन् भने गजुरेल र सुब्बा क्रमशः एमाओवादी र राप्रपा नेपालबाट मन्त्री बनेका हुन् । उनीहरुले विनाविभागिय मन्त्रीको रुपमा सपथ खाएका हुन् ।
एमालेले विष्णु पौडेललाई अर्थमन्त्री बनाउने निर्णय गरेपनि उनले आज सपथ भएन ।

No comments