बालुवाटार बैठकः मधेसी मोर्चाको प्रमुख माग सम्बोधन गर्न प्रमुख दल सहमत
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न प्रमुख दलहरु सहमत भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका प्रमुख दलहरुको बैठकले मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेका हुन् ।बैठकले अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशीको सुनिश्चितता र प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको थियो ।बालुवाटार बैठकमा मधेसी मोर्चासहितको सहमतिमा विधेयक अघि बढाउने सहमति भएको हो । बैठकले आन्दोलनकारीको ११ बुँदे मागबारे सत्ता र प्रतिपक्ष दुबैले मधेसी मोर्चासँग छलफल गर्ने र फेरि बैठक बसेर साझा धारणा बनाउने निर्णय गरेको छ । साथै आन्दोलन शान्तिपूर्णरुपमा गर्न आग्रह गरेको छ ।

No comments