सप्तरीमा नेपाली सेनाका जवानमाथि मधेसी मोर्चाको आक्रमण, प्रहरीले उद्दार गर्यो
सप्तरीमा नेपाली सेनाका एक जवानमाथि मधेसी मोर्चाका कार्यकर्ताले निर्घात कुटपीत गरेका छन् ।आइतबार चार जना आन्दोलनकारीको मृत्यु भएपछि निकै अराजक बनेका मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार दिउँसो राजविराजस्थित नेपाली सेनाको कृष्ण दल गणका सिपाही बालकृष्ण गुप्तालाई लछारपछार गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।सप्तरी प्रहरी प्रमुख एसपी भीम ढकालका अनुसार व्यारेकबाट सादा पोशाकमा सामान किन्न बजार निस्केका उनलाई मोर्चा कार्यकर्ताले कुटपिट गरी मोबाइल फोन पनि खोसेर लगेका छन् ।मोर्चाका कार्यकर्ताहरुले उनलाई प्रहरी भएको आशंकामा कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कुटपिटबाट सामान्य चोट लागेका उनलाई सुरक्षाकर्मीले उद्दार गरी व्यारेक पठाएका छन् । ब्यारेकमा उनको उपचार भइरहेको बताइएको छ ।

No comments