ललितपुरको लगनखेलमा बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार
ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनाला पक्राउ गरेको हो।
इन्धनका लागि लाइनमा राखिएको बा १ ख ३८०ब्६ नम्बरको बसमा सामूहिक बलात्कार भएको छ। प्रहरीले तीन अभियुत्तःलाई बलात्कार गर्दागदै पक्राउ गरेको जनाएको छ। एकजना फरार छन्।
पक्राउ पर्नेमा सन्तोष विक, सुरेश तामाङ र कृष्ण तामाङ छन्। उनीहरु बसका सहचालक हुन्। युवतीसँग एक युवकको चिनजान भएकाले तिनै युवकको सहयोगमा उनीहरुले बसभित्र बोलाएका थिए । सुरुमा ती युवतीले युवसँग सहमतिमै यौनसम्बन्ध राखेकी थिइन्।
तर, पछि युवकले साथीहरु बोलाएर आफूमाथि जबजस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाई छ। पीडित युवती विवाहित हुन्।
No comments