Breaking News

रोजगारीका लागि जापान पुगेका गुल्मीका एक युवकको जापानमा मृत्यु

रोजगारीका लागि जापान आएका गुल्मी रूपाकोट- १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ ।
तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका आएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा बिहीबार मृत्यु भएको हो। मृतक भण्डारीको ११ र नौ वर्षका दुई छोरा र एक श्रीमती रूपाकोट-१ स्थित घरमै रहेको र पारिवारिक स्थिति कमजोर भएको भन्दै सहयोगका लागि जापानवासी नेपालीलाई ‘गुल्मेली समाज जापान’ले आग्रह गरेको छ।

No comments