Breaking News

सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताले फेरि प्रहरी चौकी जलाए

सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ ।सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।

No comments