Breaking News

काठमाडौं आउँदै गरेको बस गैंडाकोटमा दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरबाट काठमाडौँ जाँदै गरेको महाकाली यातायात समितिको ना५ख ४०५७ नम्बरको बस नवलपरासीको गैँडाकोटमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटना सोही बसका सहचालक भीमदत्तनगरपालिका–६ का सन्तोष शाह र एक सैनिक जवानको मृत्यु भएको महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले जानकारी दिनुभयो ।दुर्घटनामा घाइते दस जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त बस ट्रकसँग ठक्कर खादा दुर्घटनामा परेको बताइएको छ । 

No comments