Breaking News

नाकाबन्दी हटाउन सरकारबाट तराईमा सेना परिचालन


तीन महिनादेखि मधेसी मोर्चाको आन्दोलनका कारण तराईका राजमार्ग सहज रुपमा सुचारु नभएको भन्दै राष्ट्रिय सुरक्षा परिषदले राजमार्ग सुरक्षाका लागि सेना परिचालनको तयारी गरेको छ ।
बिहीबार बसेको सुरक्षा परिषदको बैठकमा चारै वटा सुरक्षा निकायका प्रमुखले तराई मधेसमा जारी आन्दोलनका कारण राजमाबैठकमा प्रधानमन्त्री केपी ओलीले सेना परिचालन गरेर भएपनि राजमार्ग सुचारु गर्नुपर्ने बताएको स्रोतले जानकारी दियो ।

उनले मोर्चाको आन्दोलनका कारण लामो समयदेखि रातमा मात्र प्रहरीको सुरक्षामा सवारी साधन चलेको भन्दै दिनमा र रातमा सहज रुपमा राजमार्ग सुचारु गर्न निर्देशन दिएका थिए ।
‘राजमार्गको सुरक्षाका लागि मात्र भएपनि सेना परिचालन गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीको भनाई उध्रित गर्दै स्रोतले भन्यो, ‘दिनमा र रातमा सहज रुपमा यातायात चल्नु पर्छ ।’
बैठकले केही दिनमै तराईका राजमार्ग सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय पनि गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुखले तराई आन्दोलनका कारण सुरक्षामा चुनौती थपिएको बताएका थिए ।
उनीहरुले तराई–मधेसमा जारी आन्दोलन चाँडै समाधान गरेर सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा प्रधानमन्त्री ओली, रक्षामन्त्री भीम रावल, गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेल र चारै सुरक्षा निकायका प्रमुखहरु सहभागि थिए ।र्ग अवरुद्ध भएकाले त्यसलाई खुलाउन बल प्रयोग गर्नुपर्ने बताएका थिए ।

No comments