Breaking News

प्रधानमन्त्रीको फोन गाउँकी महिलाले उठाएपछि…

प्रधानमन्त्रीको फोनकल डाइभर्ट भएर एकजना सामान्य महिलाले उठाएपछि के होला ? आइसल्याण्डमा त्यस्तै भएको छ ।त्यहाँको ग्रामीण भेग रेक्जाभिककी एक महिलाको फोनमा हालै देशका प्रधानमन्त्रीको फोनको कल डाइभर्ट भएपछि उनले प्रधानमन्त्रीको फोनमा आएका कल उठाइन् ।इंगिब्जर्ग सिंगुर्भिन्स्डटरको फोन बिहान साढे ९ बजे बज्यो । तर त्यो फोन उनलाई गरिएको फोन थिएन । कसैले प्रधानमन्त्रीलाई गरेको फोनकल थियो । एक संचारमाध्यम सँगको कुराकानीमा ती महिलाले प्रधानमन्त्रीका लागि आएको फोनकल उठाउन पाउँदा खुसी भएको भन्दै आफु देशको एकजना नागरिक भएको हुँदा देशलाई सहयोग गर्न तयार रहेको बताइन् ।समाचार अनुसार प्रधानमन्त्री कार्यालयको सुरक्षा गार्डले रातीको समयमा अफिसको फोनकल आफ्नो मोबाइलमा कल डाइभर्ट गर्ने क्रममा भुलवस अर्कै नम्बर थिचिएपछि प्रधानमन्त्री कार्यालयमा आएका फोनकल सप्पै ती महिलाको मोबाइलमा पुगेका रहेछन् । आफु ड्युटीमा फर्किँदा उनले डाइभर्ट गरिएको कल फर्काउन पनि भुलेछन् । त्यसपछि अर्को दिन बिहान अफिसको ड्युटीमा आएका कर्मचारीले प्रधानमन्त्री कार्यालयको फोनमा कुनै फोनकल नआएको देखेपछि अचम्म माने ।पछि पो बल्ल थाहा भयो की कार्यालयको फोनको कल डाइभर्ट गरिएको रहेछ, त्यो पनि कुनै अपरिचित नम्बरमा । प्राविधिकहरुले त्यो समस्या छिनभरमै सुल्झाए ।प्रधानमन्त्रीका सहयोगी जोहेन्स थोर क्लसनले घटनाको बारेमा जानकारी दिँदै प्रधानमन्त्री कार्यालयको फोन झर्को नमानिकन उठाइदिएर सहयोग गरेकोमा ती महिलालाई राज्यको तर्फबाट हार्दिक धन्यवाद दिए । हाम्रो कर्मचारी नभएपनि उनले निकै गर्वसाथ काम गरेकी छिन्: उनले भने । उता प्रधानमन्त्री कार्यालयको फोन उठाएर जवाफ दिन पाउँदा ती महिलाको पनि भुइँमा खुट्टा छैन । राज्यले आफ्नो सहयोग चाहिएमा फेरि आग्रह गर्नसक्ने र आफु सहयोगका लागि सधै तयार रहेको उनको भनाइ छ |

No comments